१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


थप ३ हजार ७४९ संक्रमित, ५९ जनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ २७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रकाशन गरेको विवरण अनुसार १५ हजार २३८ जनामा भएको परीक्षणमा २४ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।

बिहीबार सबै भन्दा धेरै कर्णाली, सुदुरपश्चिम र बागमती प्रदेशमा संक्रमित भेटिएका छन् ।

कर्णाली प्रदेशमा २१८ जनामा परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको छ भने सुदूरपश्चिम प्रदेशका ४९० जनामा भएको परीक्षणमा ११३ जनामा संक्रमण देखिएको छ ।

यस्तै बिहीबार काठमाडौ उपत्यकामा ७६४ जना संक्रमित भेटिएका छन् ।

जसमा काठमाडौमा ५४०, ललितपुरमा १२५ र भक्तपुरका ९९ जना रहेका छन् ।

यस्तै २४ घण्टा भित्र ५ हजार २९३ जना संक्रमण मुक्त भएका छन् । संक्रमणका कारण देशभर थप ५९ जनाको मृत्यु भएको छ ।

यो देशभर संक्रमणका कारण ८ हजार २३८ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ५५८ रहेको छ ।

जसमध्ये ७२ हजार १७८ जना होम आइसोलेसनमा र ५ हजार ६८० जना संस्थागत आइसोलेसनमा छन् ।

तीमध्ये १ हजार २६८ जना आइसीयू र ३८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।