काठमाडौं । स्पेसिन ला लिगा फुटबलमा गएराती बार्सिलोना र रियाल मड्रिड विजयी भएका छन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ ले हरायो । बार्साको जितमा लियोनल मेस्सीले ह्याट्रिक गर्दा सर्जियो बुस्क्वेटले एक गोल थपे ।
गएराती भएको अर्को खेलमा रियाल मड्रिडले आइबारलाई ४–० ले पराजित गर्यो ।
रियालका लागि करिम बेन्जमाले दुई गोल गर्दा सर्जियो रामोस र फेडेरिको भाल्भर्देले एक एक गोल थपे ।
स्पेनिस ला लिगा फुटबलका अन्य खेलहरुमा भ्यालेन्सीयाले ग्रानाडालाई २–० ले हराउँदा डेपोर्टीभो आलाभेजले रियाल भालाडोलीडलाई ३–० ले हराएको छ ।
स्पेनिस लिगको अंक तालिकामा १२ खेलबाट २५–२५ अंक जोडेका बार्सिलोना र रियाल मड्रिड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
एक खेल बढी खेलेको रियाल सोसिडाड २३ अंकसहित तेस्रो स्थानमा छ ।





प्रतिक्रिया दिनुहोस्