Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


लेष्टर सिटीद्धारा आर्सनल पराजित, चेल्सीको शानदार प्रदर्शन


0
Shares

काठमाडौं । आर्सनललाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टर सिटीले आर्सनललाई २–० ले हरायो । लेष्टर सिटीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले एक एक गोल गरे ।

गएराती भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहम र क्रिश्चियन पुलिसिचले एक एक गोल गरे ।

प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले साउथह्याम्पटनलाई २–१ ले हराउँदा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले तथा न्युकासल युनाइटेडले बर्नमाउथलाई २–१ ले हराएका छन् ।

गएराती टोटनह्याम हट्सपरलाई शेफिल्ड युनाईटेडले १–१ गोलको बराबरीमा रोकेको छ ।

गएरातीका खेलहरुपछि १२ खेलबाट २६ अंक जोड्दै लेष्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान २६ अंक जोडेको चेल्सी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटी २५ अंकसहित चौथो स्थानमा झर्दा शिर्ष स्थानको लिरभपुलको ३१ अंक छ ।