Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


प्रधानसेनापति थापाको १,००० दिन पुरा


0
Shares

काठमाडौं, जेठ २३ । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल १,००० दिन पुरा भएको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा विभिन्‍न कार्यक्रम आयोजना भएको छ ।

प्रधानसेनापति थापाले नेपाली सेनाको नयाँ निर्माण भएको झण्डाको झण्डोत्तोलन र नेपाली सेनाको नयाँ कमाण्ड संरचना अनुसारका कमाण्ड हे.क्वा. हरुको झण्डा तथा आदर्श वाक्यहरु प्रयोगमा ल्याउनु भएको थियो ।

साथै उहाँले केन्द्रीय तहबाट संचालन भएका युद्धकार्य तथा पेशागत प्रतियोगितामा उत्कृष्ट हुने पृतना तथा बाहिनीहरुलाई पुरस्कार प्रदान गर्दे प्रत्यक्ष प्रसारण मार्फत नेपाली सेनाको सम्पूर्ण युनिटहरुलाई विशेष सम्बोधन समेत गर्नु भएको थियो ।

उहाँले जङ्गी अड्डा हाताभित्र पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण गर्नु भएको थियो ।