Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


उपप्रधानमन्त्री भएकै भोलिपल्ट राजेन्द्र महतोकाे पुत्ला दहन


0
Shares

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका विद्यार्थी संगठन अनेरास्ववियुले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री भएको भोलिपल्ट राजेन्द्र महतोको पुत्ला जलाएको छ ।

शुक्रबार बेलुकी मन्त्रीको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्ने क्रममा महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएकाले पुत्ला जलाएको अनेरास्ववियूले जनाएको छ ।

विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री महतोको पुत्ला जलाएको हो । महतोले देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनीहरूले पुत्ला जलाएका हुन् । पुत्ला दहन गर्ने केही विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि एमालेको माधवकुमार नेपाल पक्षीय १८ वटन जनवर्गीय संगठनहरूले पनि उपप्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल माफी माग्न माग गरेका थिए । महतोको अभिव्यक्ति संविधानको प्रस्तावना र संविधानको धारा–३ विपरीत रहेको भन्दै उनीहरूले जिम्मेवार व्यक्तिबाट यस्ता अराजक अभिव्यक्ति आउनु बिडम्बनापूर्ण भएको बताएका छन् ।