कास्की । क्षेत्र नम्बर २ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन पत्र दर्ता गराएकी छिन् ।
भट्टराईको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् । आज बिहान ११ बजे प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टराईले आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गराएकी हुन् ।
त्यस्तै २ नम्बरमा देशभक्त समाजका वीरवहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । विश्वकर्माको प्रस्तावक कृष्णबहादुर कामी रहेका छन् भने समर्थकमा नरमाया सुनार रहेकी छन् ।
त्यसैगरी ३ नम्बरमा नेपाली कांग्रेस वीपी पार्टीका चन्द्रबहादुर रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।
४ नम्बरमा साझा पार्टीका रजनी केसी तथा ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
त्यस्तैगरी आफ्ना कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेका नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
७५ वर्षीय पौडेलले धनराज गुरुङ, देजराज चासिले लगायतका नेतालाई पछि पार्दै टिकट पाएका थिए ।
यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए ।
अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।









प्रतिक्रिया दिनुहोस्