Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दै, पार्टी एकता जोगाउन भईरहेका प्रयासहरुको समिक्षा हुने


0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्दैछ ।

हिजो सुरु भएको स्थायी कमिटीको सातौं बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी गराईदैछ ।

पार्टीको वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

हिजोको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने निर्णय गरेको थियो ।

सोही अनुरुप शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका १२ सांसदमाथिको कारवाही समेत तत्कालको लागि थाति राखिएको छ ।