Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


कास्की- २ मा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार, धनराज गुरुङ पछि हटे


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले कास्की –२ को प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैंठकले कास्की–२ मा कास्कीका पुराना नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै उम्मेदवारको टुंगो लागे पनि आधिकारीक रुपमा बिज्ञप्ती मार्फत आजै सार्वजनिक गर्ने बताए ।

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन भोलि हुदै छ । कास्की–२ मा केन्द्रीय सदस्य तथा स्याङजाका नेता धनराज गुरुङको नाम चर्चामा रहे पनि स्थानीय उम्मेद्वारलाई प्राथमिकतामा राखेर उम्मेदवारको नामावली टुंग्याईएको हो ।