Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


कास्की–२ मा विवेकशीलबाट जमुना शर्मा उम्मेदवार


0
Shares

पोखरा, कात्तिक १९ । विवेकशील नेपाली दलले कास्की क्षेत्र नम्बर–२ मा जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी विवेकशीलले शर्मालाई आउँदो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी गराएको हो ।

पोखरा महानगरपालिका–६, लेकसाइड घर भएकी शर्मा महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् ।

यस्तै, विवेकशीलले प्रदेशसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नम्बर–२ ‘ख’मा सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

बुर्तिवाङका युवाउद्यमी भण्डारी विवेकशीलका बाग्लुङ संयोजकसमेत हुन् ।

आउँदो मंसिर १४ गते रिक्त रहेका एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।