६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


सीआइबीको टोली ग्राहक बनेर जाँदा…


0
Shares

काठमाडौं, कात्तिक १८ । विशेष सूचनाको आधारमा ‘वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ’ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा आयो ।

वन्यजन्तुको अंग (अखेटोपहार)को अन्तर्राष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सीआइबीले योजना बनायो ।

कारोबारी पक्राउ गर्न सहज नहुने देखेपछि सीआइबीको टोलीले ग्राहक बनेर जाने निर्णय गर्‍यो ।

सोही योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरुलाई प्रहरीले काठमाडौं बोलायो ।

सीआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने–‘उनीहरुलाई हामीले ग्राहक बनी बोलाएर पक्राउ गरेका हौं । उनीहरुको गतिविधि काभ्रेमा थियो । भेटौं–हेरौं अनि कुरा गरौंला भन्ने कुरा भो । त्यसपछि उनीहरु आए ।’

सोहीक्रममा चरीबाघको छालासहित काठमाडौंको सिनामंगलमा भेटेर प्रहरीले आइतबार दुईजनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने २५ वर्षीय सुरेन्द्र श्रेष्ठ रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

उनीहरुलाई थप कारबाहीका लागि सोमबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको उनले बताए ।

प्रहरीले निजहरुको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारबाही गरिने जनाइएको छ । रासस