६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


आलमलाई जन्मकैदको माग दाबीसहित आज मुद्दा दर्ता गरिने


0
Shares

रौतहट । काँग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।

त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।

सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदा बनाउँदै विष्फोट भयो ।

सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ ।

उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।