Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


समाचारका विषयमा पत्रकारलाई अदालतमा बोलाएर सोधपुर्छ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य : महासंघ


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोप्रति आपत्ति जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई प्रधानमन्त्री र प्रधानन्याधिशबिच भेटघाटको समाचारबारे छलफल गर्न बोलाएकोप्रति आपति जनाएको हो ।

दुबै अनलाईनले सोमबार राती प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबीच भेट भएको भन्दै समाचार प्रकाशित गरेपछि विवाद बढेको हो । साेही विषयका बारेमा सर्वाेच्चले विज्ञप्ति जारी गर्दै खण्डन समेत गरेकाे छ ।

‘प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे, त्यस उपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्दती छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसको बेवास्ता गर्दै सर्वोच्चले पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य रहेको हाे’

साथै महासंघले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्वन्धित निकायसँग महासंघले आग्रह पनि गरेको छ।