काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दैछ । मंसिर १४ मा हुने उप–निर्वाचनका उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले जिल्लाबाट आएका नामबाट उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
यसअघि पार्टी केन्द्रले तीन जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको थियो । कतिपय स्थानबाट तीन जना भन्दा बढी व्यक्तिको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा सदस्य रिक्त रहेको कास्की–२ बाट तीन जनाको नाम केन्द्रमा पठाइएको छ ।
एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षको लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।









प्रतिक्रिया दिनुहोस्