१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


स्कटल्याण्ड पुगेकी शर्मिला महतले जितिन कास्य पदक


0
Shares

बाग्लुङ । विश्व (आइटिएफ) तेक्वान्दो परिषद्को आयोजनामा आयोजित २०१९ विश्व आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै युकेको स्कटल्याण्ड पुगेकी शर्मिला महतले कास्य पदक जितेकी छन् ।

महत तेक्वान्दो प्रतियोगितामाको महिला विधामा सिनियर ब्ल्याक बेल्ट तर्फ एकल स्पायरिङ र एकल प्याट्रनमा प्रतिस्पर्धा गरेकी थिइन ।

एकल स्पायरिङ र एकल प्याट्रन मा नै १÷१ कास्य पदक जित्न सफल भएकी हुन् ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङकी महत सन् २०१९ अक्टोबर २९ मा युकेको स्कटल्याण्डमा प्रतियोगितामा सहभागी हुन गएकी थिइन् ।

अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म उक्त विश्व प्रतियोगिता संचालन हुँदैछ । महतले विगतका वर्षहरूमा पनि एसियन तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाई कास्य पदक हात पारेकी थिइन् ।