Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


बर्दियामा प्रहरी जवानले चौकीमै झुण्डिएर आत्महत्या गरे


0
Shares

बर्दिया । बर्दियामा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।

बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पाल्पा रम्भा गाउँपालिका घर भई हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय खाम्चाले गएराति चौकी भित्रको रुसमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ ।