२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सप्तरीमा हत्या आरोपमा दुई जना पक्राउ


0
Shares

सप्तरी । सप्तरीमा हत्या आरोप लागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनरुप नगरपालिका–५ का श्रीलाल सरदार र बबरी भन्ने रमेश सरदारलाई प्रहरीले आज पत्रकार सम्मेलमार्फत् सार्वजनिक गरेको हो ।

उनीहरुमाथि गत कार्तिक १ गते बदेलको शिकार गर्न उनीहरु संंगै गएका स्थानीय २३ वर्षीय अजयकुमार मुखियाको हत्या गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनाले बदेल मार्ने क्रममा करेन्ट लागेर मुखियाको मृत्यु भएको बयान दिए पनि घटनास्थलमा भएको रौं र रगत परीक्षणका लागि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।

घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।