
इलाम । इलामको पशुपतिनगर सीमानाका मानव तस्करीको अखडा बन्दै गएको छ । सिमानामा कडाइ गरेपनि मानव तस्करी बढिरहेको हो ।
नाकाबाट छिर्ने सबै गाडीमा चेक जाँच गर्ने र शंका लागेमा पूरा विवरण खुलाएपछि मात्र जान पाउने भएपनि लुकीछिपी मानव तस्करी बढीरहेको छ ।
यो आर्थिक वर्ष शुरुमा नै माइती नेपालले १५ सय ५० जनालाई परामर्श दिएको छ भने ३१ जनालाई पशुुपतिनगरबाट फिर्ता पठाएको छ ।
८ जना बेपत्ता भएकोमा २ जना फेला परेको र अरु ६ जना बेपत्ता नै रहेको माइती नेपाल पशुुपतिनगरका प्रमुख होम ढकालले बताए ।
गएको आर्थिक वर्ष माइती नेपालले यस नाकाबाट ९२ जनालाई उद्घार गरेको थियो । ९२ जना मध्ये ८ जना घरेलु काममा प्रयोग गरेको पाइएको ढकालले बताए ।
माइती नेपालले भारतमा रहेका सहयोगी संस्थासँग सहकार्य गरेर पनि हराएकाहरुको खोजी गरिरहेको छ ।
नेपाल–भारत दुवैतर्फका मानिसहरु एकै मुलको भएकाले तस्कर पहिचानमा समस्या हुने गरेको ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्