२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पतिको हत्या आरोपमा पक्राउ


0
Shares

बर्दिया, कात्तिक ९ । बर्दियामा आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन् ।

बर्दियाको बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई शनिबार बिहान प्रहरीले पक्रेको हो ।

उनीमाथि उनकै श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोप छ ।

प्रहरीकाअनुसार उनी श्रीमान्को हत्या गरी फरार भएको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै खोजीकार्यमा प्रहरी जुट्यो ।

खोजी गर्नेक्रममा बाँकेको खजुरा गाउँपालिका–७, गुनाना भन्ने स्थानमा दिलमायालाई फेलापारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।