
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–३ का जीतबहादुर खोयाङ रहेको प्रहरीले जनाएको छ ।
मर्निङ वाकमा निस्किएका खोयाङलाई २१ नम्वर वाहिनी अड्डाको पश्चिम तर्फको जंगलमा हात्तीले आक्रमण गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्