Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुस्– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगर्ने हो भने विश्वासको मत दिनुपर्ने बताउनुभयो ।

विश्वासको प्रस्तावको विषयमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संसद विघटन नगर्नका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

उहाँले पाँच वर्षका लागि सरकार टिकाउनका लागि विश्वासको मत दिनुपर्ने बताउनुभयो । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संविधानअुनसार नै संसद विघटन हुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले झुठो बोल्ने अहिले अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले स्थिरता र सहयात्रा चाहेको हो भने त्यही अनुसार गरौं । विश्वासको मत दिनुस् होइन भने संविधान अनुसारको बाटो खोज्नुपर्छ ।’

ओलीले विकल्प प्रस्तुत गर्नका लागि विश्वासको मत ल्याएको भन्दै नत्र संविधानअनुसार गर्ने बताउनुभयो । ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छैन भने संसदले आदेश दिओस् मार्गप्रशस्त भइहाल्छ ।’

ओलीले सबैभन्दा ठूलो दल भएको हैसियतले सबै पक्षलाई मिलाएर आफू अगाडि बढ्न खोजेको भन्दै आफूले हक राख्ने बताउनुभयो । अलिअलि परिस्थिति आफूले पनि देखेको भन्दै ओलीले फेरि विघटन गर्ने बाटो बनाएको त हैन ? भनी प्रश्न गर्नेलाई खर्लामखुर्लुम पक्षमा भोट हालिदिनुस् कसले गर्दोरहेछ विघटन भन्नुभयो ।