
काठमाडौं, कात्तिक ५ । विराटनगर टाइटान्सलाई हराउँदै क्याट क्वीन्स काठमाडौं महिला ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता (डब्लुसीएल)को फाइनलमा पुगेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ‘प्लेअफ’ खेलमा विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंले फाइनलमा स्थान बनाएको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा ‘अलआउट’ हुँदै ६८ रनमात्रै जोड्न सक्यो । उसका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् ।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिइन् ।
जवाफमा ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंको जितमा कप्तान रुबिना क्षेत्रीको ३४ रन तथा अप्सरी बेगमको २७ रन महत्वपूर्ण रह्यो ।
खेलको ‘प्लेयर अफ दी म्याच’समेत घोषित हुँदै रुबिनाले पाँच हजार रुपैयाँ पाइन् ।
काठमाडौंले अब उपाधिका लागि बिहीबार चितवन राइनोजसित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्