१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रगतिनगरमा गोली चल्यो


0
Shares

हरि शर्मा (इमेज)

नवलपुर, कात्तिक ३ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगरबजारमा शनिबार राति गोली चलेको छ ।

प्रगतिनगरको एक होटलअगाडि स्थानीय युवाहरुबीच भएको झगडाले उग्ररुप लिएपछि गोली चलेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

झगडाकाक्रममा अर्को पक्षलाई लक्षित गरी गोली प्रहार गरेपनि कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

प्रहार गरिएको गोली मोटरसाइकलको ट्यांकीमा लागेको थियो ।

घटनास्थलबाट गोलीको खोका बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

घटनाबारे अनुसन्धान गर्न दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गोली चलाउनेहरु फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।