 
	    धनकुटा, कात्तिक २ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले आफूहरुले संविधानलाई सूक्ष्मरुपले अध्ययन गरेर कानुन बनाएको दाबी गरेका छन् ।
शनिबार धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले स्थानीय जनप्रतिनिधिले तलब लिन नपाउने सर्वोच्च अदालतको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा परेको बताए ।
धेरै कानुन बनाउनुपर्ने भएपनि हरेक मन्त्रालयमा दक्ष जनशक्तिको अभावले केही ढिलाइ भएको उनको भनाइ थियो ।
मुख्यमन्त्री राईले संविधानको अधिनमा रही प्रदेश–१ ले हालसम्म ४३ ओटा कानुन बनाएको जानकारी दिए ।
कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी र मोरङका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्