Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


डिपोमार्फत् ठगी गर्ने २३ डिपो सन्चालकहरु पक्राउ


0
Shares

काठमाडौं, कात्तिक १ । सर्वसाधारणलाई निर्माण सामग्री इँट, गिट्टी, बालुवा, चिप्स र ढुंगा ढुवानी गर्ने मिनिट्रकहरुमा पाँच इन्चसम्मको फलामे र काठको बक्स बनाइ परिमाण कम गरी ठगी गर्ने उपत्यकास्थित विभिन्न २३ ओटा डिपोका सन्चालकहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने डिपो सन्चालकहरुमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, जेबीएस सप्लायर्सका ‘बाघे’ भनिने सुकबहादुर लामा छन् ।

यस्तै, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वसर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्यामबहादुर मगर, नो नेम सप्लायर्सका पुष्कर थापा, श्री कालीभैरव सप्लायर्सका बुद्धिराज थापामगर पक्राउ परेका छन् ।

यसैगरी, कुन्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आकर्ष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका विजय भनिने जोगबहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठलाई प्रहरीले पक्रेको हो ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले लोड गरी ढुवानी गर्न तयारी अवस्थामा रहेका सामग्रीसहित डिपोका सन्चालक, सवारीचालक तथा सवारी–साधनसमेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ग्राहकहरुलाई १०० क्यूफिट प्रतिढुवानी भनी बिक्री गर्दा जम्मा ८२.६३ क्यूफिटमात्र ढुवानी हुने गरेको र प्रतिढुवानीमा एक हजार ६२० रुपैयाँदेखि दुई हजार २०० रुपैयाँसम्म ग्राहकहरुलाई नोक्सानी हुने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।