काठमाडौं, बैशाख १४ । नेपाल चेम्बर अफ कर्मशले आगामी बजेट स्वदेशमै रोजगारी वृद्धि गरी कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर बनाउनुपर्ने सुझाव दिएको छ ।
चेम्बरले अर्थमन्त्रीलाई सोमबार भेटेर उद्योग व्यवसाय, जनताको स्वास्थ्यलाई विशेष ध्यान दिएर प्रोत्साहन प्याकेज सहितको बजेट बनाउनु पर्ने र करको दर बढाउने भन्दा पनि करको दायरा विस्तार गर्न सुझाव दिएको हो ।
यस्तै आगमी बजेट सानो चुस्त र कार्यान्वनयमुखी हुनुपर्ने तथा राजस्व आम्दानी तथा ऋण लिन सहज हुने गरी बनाउनु पर्ने सुझाव पनि दिइएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभएको छ ।
चेम्बरले उपभोग्य बस्तु तथा अत्यावस्यक र दिनहुँ प्रयोगमा आउने सामानमा १० प्रतिशत मात्रै भ्याट लगाउनु पर्ने तर विलासिताका वस्तुमा १३ प्रतिशत नै कायम गर्दा पनि फरक नपर्ने सुझाव पनि दिएको छ ।
नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकले लकडाउन र निषेधाज्ञा लामो समय सम्म थेग्न नसक्ने भएकाले कोरोना नियन्त्रणका लागि स्वयम चनाखो बन्नुपर्ने पनि अध्यक्ष मल्लको सुझाव छ ।
अघिल्लो वर्षको लकडाउनदेखि समस्यामा परेको पर्यटन क्षेत्र अहिले पनि उठनै सक्ने अवस्थामा नरहेकाले त्यसतर्फ पनि ध्यान बजेटले ध्यान दिनुपर्ने र खोप ल्याउने जिम्मेवारी निजी क्षेत्रलाई पनि दिनु पर्ने माग पनि चेम्बरले गरेको छ ।








प्रतिक्रिया दिनुहोस्