१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कन्चनपुरमा प्रधानमन्त्री ओलीको पुत्लादहन


0
Shares

दुर्गा उपाध्याय (इमेज):

कन्चनपुर, जेठ ३१ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले बिहीबार कन्चनपुरमा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले विरोधर्‍याली प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन पनि गर्‍यो ।

देशव्यापी भइरहेको आन्दोलनका कार्यक्रमअन्तर्गत् मूल्यवृद्धिको विरोधमा बढाइएको भाउ फिर्ता लिन माग गर्दै प्रधानमन्त्री ओलीको पुत्लादहन गरिएको जनाइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट निस्किएको विरोधर्‍याली बजार हुँदै बसपार्कस्थित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।