
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष बन्ने भएका छन् ।
भारतको मुम्बईमा हिजो भएको राज्य क्रिकेट संघका प्रतिनिधिहरुको बैठकमा यो सहमति बनेको हो ।
यसअघि शनिबार भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको घरमा पनि बैठक बसेको थियो ।
४७ वर्षीय सौरभ गांगुली हाल बंगाल क्रिकेट संघका अध्यक्ष छन् । यदि गांगुली बीसीसीआईको नयाँ अध्यक्ष बनेमा उनी १० महिनासम्म यस पदमा रहने छन् ।
उनको पदावधि सेप्टेम्बर २०२० मा समाप्त हुनेछ । त्यसपछि उनी अनिवार्य रुपले तीन वर्षको कुलिङ पिरियडमा जानुपर्ने छ ।
यसैगरी भारतका गृहमन्त्री अमित शाहका छोरा जय शाह बीसीसीआईको सचिव बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बीसीसीआईको पाँच सदस्यीय पदका लागि आज मनोनयन दर्ता हुँदैछ भने २३ अक्टुबरमा चुनाव हुनेछ ।
यसपटक सबै पदमा सर्वसम्मत पदाधिकारी चयन गर्ने कसरत भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्