
काठमाडौं, बैशाख ५ । नेपालमा एकै दिन एक हजार ९६ जनामा कोराना भाइरसको महामारी देखिएको छ ।
पीसीआर परीक्षणबाट एक हजार १५ तथा एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ४ सय ३५ जना हुन् ।
काठमाडौंका ३ सय २६, ललितपुरका ६४ तथा भक्तपुरका ४५ जना हुन् ।
आइतबार २ सय ६२ जनामात्र संक्रमणमुक्त भएका छन् ।
संक्रमितको दर बढी मृतकको संख्या बढ्दै जाँदा संक्रमणमुक्त हुनेको दर घट्दै ९६ दशमलव ४ प्रतिशत पुगेको छ ।
यसैबीच, बैशाख ७ देखि ११ गतेसम्म कोभिड १९ को दोस्रो डोजको खोप लगाउँदै छ ।
यसअघि फागुन १० गतेसम्म कोभिशिल्ड खोप लगाएकाहरुले दोस्रो डोज लगाउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्