Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


थापाको ठाउँमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने


0
Shares

काठमाडौं । रामबहादुर थापा ‘बादल’ आज पदमुक्त भएपछि राष्ट्रिय सभा सदस्य पद रिक्त भएको छ । उक्त रिक्त पदबहालीका लागि ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ अनुसार पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र तोकेको मितिमा उपनिर्वाचन गराउने पर्ने उल्लेख छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलको सांसद पद रिक्त गर्नु भएको थियो। बादल नेकपा माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा बागमती प्रदेशबाट सदस्य निर्वाचित हुनु भएको थियो ।

Skip This