Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


राष्ट्रपतिबाट विधेयकहरु प्रमाणीकरण


0
Shares

काठमाडौं, असोज २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शितलनिवासका अनुसार २०७६ साल असोज २४ गते शुक्रबारका दिन राष्ट्रपति भण्डारीले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।

संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएका विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।