२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपाल अष्ट्रेलियासित ५–० ले पराजित


0
Shares

काठमाडौं, असोज २३ । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलियासित खेलेको छ ।

बिहीबार अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको खेलमा नेपाल ५–० ले पराजित भयो ।

लगातार विश्वकप फुटबलको अनुभव बटुलेको बलियो टोली अष्ट्रेलियाले घरेलु मैदानमा नेपालमाथि गोल बर्साउने अनुमान गरिएपनि सहज खेल भने खेल्न सकेन ।

अष्ट्रेलियाले मध्यान्तरअघि ३ गोल गरेको थियो भने मध्यान्तरपछि २ गोल थपेको थियो । जेमी म्याक्लारेनले ‘ह्याट्रिक’ गरे ।

फिफा वरीयतामा नेपाल १६१औं स्थानमा रहँदा अष्ट्रेलिया ४४औं स्थानमा छ ।

विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७–० को हार भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । अष्ट्रेलियाले पहिलो खेलमा कुवेतलाई ३–० ले हराएको थियो ।