
वालिङ, असोज २३ । स्याङ्जाको हरिनास गाउँपालिका–५, बलिथुममा बुधबार राति एक युवकको हत्या भएको छ ।
६ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँचजनालाई पक्राउ गरिसकेको र एकजनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए ।
घटनाको कारण भने खुल्न सकेको छैन । रासस
प्रतिक्रिया दिनुहोस्