२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बार्सिलोनाले सेभियालाई ४–० ले हरायो


0
Shares

काठमाडौं, असोज २० । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाले सेभियामाथि शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–० ले हराएको हो ।

जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनालाई घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा जिताउन लुइस स्वारेज, अर्तुरो भिडाल, उसमान डेम्बेले र लियोनल मेसीले समान एक/एक गोल गरे ।

जिसँगै बार्सिलोनाले ८ खेलबाट १६ अंक जोडेको छ । शीर्ष स्थानको रियल मड्रिडको समान खेलबाट १८ अंक रहेको छ । पराजित सेभिया ८ खेलबाटै १३ अंकसहित छैटौं स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

एट्लेटिको ८ खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा र भालाडोलिड समान खेलबाट १० अंक जोड्दै लिग तालिकाको १३औं स्थानमा रहेको छ ।