१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


प्रधानमन्त्री ओलीले विजयादशमीमा टीका लगाइदिने


0
Shares

काठमाडौं, असोज १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने गरी कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालकाअनुसार यस वर्षको बडादसैंका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

यस्तै, दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय गरिएको छैन ।

प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनेछन् ।

दसैंको नवमीका दिन प्रधानमन्त्री ओली गृहजिल्ला झापामा हुने शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुनेछन् । रासस