
web pic
चितवन, चैत २९ । चितवनमा फेरि अर्को सवारी दुर्घटना भएको छ ।
आईतबार विहान मात्रै म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको चितवनमा साँझ ट्याक्टर खस्दा ५ जनाको मृत्यु भएको हो ।
साँढे ७ बजेतिर राप्ती नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्याक्टरमा करि २०/२५ जना सवार मध्य ५ जना को मृत्यु भएको र अन्य घम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइतेहरुको सरकारी अस्पताल, पुरानो सि एम एस र सि एम सि मा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्