२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१५ किलो चाँदीसहित युवक पक्राउ


0
Shares

काठमाडौं, असोज १७ । प्रहरीले काठमाडौंबाट १५ किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले बिहीबार राति १५ किलो चाँदीसहित धादिङका ३२ वर्षीय राज सापकोटालाई पक्राउ गरेको हो ।

ललितपुरको इमाडोलमा तिलहरी ज्वेलर्स सन्चालन गर्दै आएका सापकोटाको साथबाट १० लाख ५० हजार रुपैयाँ बराबरको चाँदी बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।