काठमाडौं, चैत २६ । भेस्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड संन्स प्रालि ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन आयोजना गरेको राइड कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीले शनिबार भेस्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म ‘हन्ड्रेड कस्टुमर रिक्रियसन राईड’ सम्पन्न गरेको थियो ।
ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेको कम्पनीका उपाध्यक्ष बिजय महतोले बताउनुभयो ।
राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्