२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


१७६ कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, चैत २२ । नेपालमा कोरोना भाइरसका संक्रमित बढेका छन् ।

आइतबार १७६ जना नयाँ संक्रमित थपिएका छन् ।

३४ सय ५६ जनाको पीसीआर परीक्षण भएकामा १७६ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएकामा काठमाडौंका ८७, कास्कीका २४, ललितपुरका ८, तथा भक्तपुरका ४ जना हुन् ।

बागलुङ, पाल्पा र मोरङ्गका समान ६ जनामा संक्रमण देखिएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या १६ सय ७२ पुगेको छ ।

एक सय १७ जना संक्रमणमुक्त हुँदा आइतबार मृतक थपिएनन् ।

अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ भने २ लाख ७३ हजार २ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

तीन हजार ३२ जनाको मृत्यु भइसकेको छ ।