२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


पुनः कोरोना संक्रमण बढ्न थालेपछि अस्पतालहरुलाई तयारी अवस्थामा बस्न आग्रह


0
Shares

काठमाडौं, चैत १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः कोरोना संक्रमण बढ्ने संकेत देखिएको भन्दै सबै खाले भेला, सभा, जुलुस तथा जमघटहरु रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार यस्तो निर्देशन दिनुभएको हो ।

यस्तै संघ र प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई उपचारको व्यवस्था सहित तयारी अवस्थामा बस्न पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले पीसीआर परीक्षण गराउने सरकारी र निजी ८४ प्रयोगशालालाई समेत तयारी अवस्थामा बस्न र सरकारी प्रयोगशालाहरुमा परीक्षण गराउन जनशक्ति अभाव भए थप गर्न समेत निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौ प्रवेश गर्नेहरुको क्रमरहित कोरोना परीक्षण गराउन समेत आग्रह गर्नुभयो ।

भारतबाट विभिन्न नाका हुदै नेपाल प्रवेश गर्ने स्थामा समेत एन्टिजेन परीक्षण गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै चीनबाट अनुदानमा प्राप्त कोरोना खोप ४० देखि ५९ वर्ष उमेर समूहमा लगाइने पनि मन्त्रालयले जनाएको छ ।