२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


थप १४१ संक्रमित, ८२ संक्रमणमुक्त


0
Shares

काठमाडौं, चैत १६ । नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट ३ हजार २७ जनाको मृत्यु भएको छ ।