१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बैतडीमा बस दुर्घटना, २१ यात्री घाइते, सातको अवस्था गम्भीर


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असोज ११ । बैतडीमा एक यात्रीवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते हुनेहरुमा कन्चनपुरको भीमदत्त नगरपालिकाका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् ।

यस्तै, गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

गम्भीर घाइते सातैजनालाई उपचारका लागि जिल्लाबाहिर ‘रेफर’को तयारी गरिएको उनले बताए ।

अरु घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।

कन्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना४ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखन्डको पाटन नगरपालिका–६, लोर्खामा शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

बसका चालक फरार छन् ।

सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

बसमा ३० जना यात्री सवार थिए । बस सडकबाट करिब १० मिटर तल खसेको छ ।