१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपालले दियो जिम्बाब्वेलाई १३३ रनको चुनौती, इशान र कुशलको निराशाजनक ‘डेब्यु’


0
Shares

काठमाडौं, असोज १० । नेपाल, जिम्बाब्वे र सिंगापुरबीचको त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला सिंगापुरमा सुरु भएको छ ।

पहिलो खेलमा अहिले नेपाल र जिम्बाब्वे भिडिरहेका छन् ।

जितका लागि नेपालले १३३ रनको चुनौती दिएको छ ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १३२ रन बनायो ।

दीपेन्द्रसिंह ऐरीले संयमित खेल्नेक्रममा ३३ बलमा ४० तथा सोमपाल कामीले आक्रामक खेल्नेक्रममा १४ बलमा अविजित रहँदै २५ रन बनाए ।

कप्तान पारस खड्काले १८ रन बनाए भने विनोद भण्डारीले अविजित रहँदै ११ रन बनाए ।

‘डेब्यु’ खेलाडीहरु इशान पाण्डे र कुशल मल्लले क्रमशः ४ र २ रनमात्रै बनाए ।

राष्ट्रिय टोलीका तीन नियमित र अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र वसन्त रेग्मी योपटक टोलीमा छैनन् ।

शृंखलामा सबैले आपसमा दुई/दुईओटा खेल खेल्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।