२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गोठाटारको एउटा घरबाट ११ बालबालिकाको उद्धार


0
Shares

काठमाडौं, असोज १० । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले शुक्रबार राजधानीको गोठाटारमा रहेको एउटा घरबाट ११ जना बालबालिकाको उद्धार गरेको छ ।

६ वर्षदेखि १० वर्ष उमेर समूहका ती बालबालिका सबै विकट जिल्ला मुगुका हुन् ।

बालबालिकालाई पालनपोषण र पठनपाठन गराउने भन्दै अर्जुन नेपाली नाम गरेका व्यक्तिले उनीहरुलाई काठमाडौं ल्याएका हुन् ।

एउटै कोठामा कोचेर राखिएका बालबालिकालाई स्थानीय, प्रहरी र नगरपालिकाको सहायतामा उद्धार गरिएको हो ।

उद्धार गरिएका बालबालिकालाई काडाँघारीस्थित एक संस्था कोकनमा राखिएको जनाइएको छ ।