Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


व्हीलचियर यात्री तामाङलाई सम्मान


0
Shares

काठमाडौं, चैत १२ । व्हीलचियरमा मेची महाकाली यात्रा गर्ने रामबहादुर तामाङलाई अभिनन्दन गरिएको छ ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो ।

आफु जस्ता व्यक्तिहरुलाई हौसला, प्रोत्साहन प्रदान गर्ने उद्देश्यका साथ मृत्युसँग लड्दै स्पाइनल कर्ड इन्जुरी (मेरुदण्ड पक्षघात) भएका तामाङ मेची महाकाली यात्रा गरेका थिए ।

लुम्बिनी देखि भारतको बोधगयासम्म यात्रा तामाङले गरिसकेको छ ।

२०६७ पौषको १८ गते वस दुर्घटनामा परेका उनको कम्मर भन्दा तलको शरीर चल्दैन ।