
काठमाडौं, चैत ११ । नेपालमा पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये १ हजार २१७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८५ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कारोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्