Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


यात्रु सहायता कक्ष स्थापना


0
Shares

फिदिम, असोज १० । दशैं र तिहारमा यात्रुलाई यात्रा गर्न सहज बनाउन पाँचथर सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्लाबाट आवत जावत गर्ने सवारीले चाडवाडमा यात्रुलाई ठग्ने गुनासो आएका कारण फिदिम–२ पल्लोटारको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

सरकारले तोकेभन्दा बढी भाडा लिने, राम्रो सिट मिलाई दिन्छु भनेर जथाभावी राख्ने, यात्रुलाई अभद्र व्यवहार गर्ने गुनासो आउने गरेकाले यात्रुको सहायताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।

यात्रुबाट आएका गुनासो तत्काल सम्बोधन गर्ने गरी सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । भाडादर, सिट र सवारीको सेवा सुविधा सरकारको नियमअनुसार नभए तत्काल कारवाही गर्ने बताइएको छ ।