२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पार्टी एकतापछि युवा संघ र वाईसीएल खारेज


0
Shares

काठमाडौं, जेठ ३१ । तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल खारेज गरिएको छ ।

युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन खारेज गर्ने निर्णय गरेको हो ।

दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको वाईसीएल नेताहरुले बताए ।

संगठन विस्तारका लागि दुबै संगठनका नेता सम्मिलित कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि बैंठकले गरेको छ ।

अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको युवा भ्रातृ संगठनमा दुबै पार्टीका युवा नेता समावेश गर्नु पर्ने भएकाले झण्डै चारसयको केन्द्रीय समिति बन्ने जनाइएको छ ।

बैठकमा युवा संगठनले लिने रणनीति, पार्टी र सरकारको पनि समीक्षा गरेको छ ।

बैठकमा कम्युनिष्ट सरकार हुँदासमेत जनताको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।