Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एमालेमा स्पष्टिकरणमार्फत कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा गर्नु होः विष्णु रिजाल


0
Shares

काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षका नेता विष्णु रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टिकरणमार्फत् कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताउनुभएको छ ।

नेता रिजालले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा यति कुरा प्रस्ट छ भन्दै कसैले माधव नेपाल बिनाको नेकपा एमाले कल्पना गरे त्यो एकीकृत एमाले नभइ विभाजित एमाले हुने समेत बताउनभयो ।

रिजालले नेकपा (एमाले) को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्नुपर्ने र फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनस्र्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने, विधानको बाधा अड्काउ फुकाउन, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जे–जे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्नेमा जोड दिनुभयो ।