बाँके । नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ ।
अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो ।
खेलमा धादिङका अनिल तामाङ म्यान अफ द म्याचबाट पुरस्कृत भएका छन् । खेल चैत्र १५ गतेसम्म चल्ने छ ।




प्रतिक्रिया दिनुहोस्