१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


लागुऔषध बेचविखनमा बालबालिका र किशोर–किशोरीहरुको प्रयोग हुने गरेको खुलासा


0
Shares

काठमाडौं, असोज ८ । पछिल्लो समय लागुऔषध सेवन र बेचविखनमा बालबालिका र किशोर–किशोरीहरुको प्रयोग हुने गरेको खुलासा भएको छ ।

बालबालिका खोजतलास समन्वय केन्द्रले पशुपति क्षेत्रबाट लागुऔषध बेचविखन गरिरहेको अवस्थामा चारजना किशोरी र दुई बालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट केही परिमाणमा गाँजासमेत बरामद भएको छ ।

यस्तो कार्यमा बालबालिकाको प्रयोग पछिल्लो समय निकै बढेको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी नायब निरीक्षक विनोद निरौलाले जानकारी दिए ।

उनीहरुलाई प्रयोग गर्ने ठूलै गिरोह रहेको र उनीहरुसम्म पुग्न सो केन्द्रले लागुऔषध नियन्त्रण व्यूरोको समन्वयमा गरिएको अनुसन्धानबाट लागुऔषध बेचविखन गर्ने औषधि पसल र बेचविखनमा बालबालिकाको प्रयोग गर्ने दुईजनालाई पक्राउ गरिएको व्यूरोका एसएसपी वसन्त लामाले जानकारी दिए ।

नियन्त्रणमा लिइएकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।